शेर बहादुर देउवालाई धेरै फुरफुर नगर्न गगन थापा दिए भयानक चेतावनी, आखिर किन?

नेपाली कांग्रेसका युवा नेता गगन थापा पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रति आक्रमक बनेका छन् । उनले सामाजिक सञ्जालबाट देउवा माथि आक्रोश पोखेका छन् ।

देउवाको असक्षम नेतृत्वको कारण स्थानीय, संघीय सभाको निर्वाचनमा लज्जास्पद पराजय भोगेको हुदाँ नेतृत्व परिवर्तनको आवाज उठाउदै गर्दा पुनः देउवा नै संसदीय दलमा निर्वाचन भएपछि युवा नेता थापाको आक्रोश थपिएको हो ।

थापाले समर्थन गरेका प्रकाशमान सिंहले भन्दा दोब्बर बढी मत ल्याएर देउवा संसदीय दलको नेता बनेका छन् । प्रतिनिधि सभामा कांग्रेसको कुल ६३ मत मध्ये देउवाले ४४ मत पाएर संसदीय दलको नेता बने भने सिंहले १९ मत मात्र प्राप्त गरे ।

युवा नेता थापाले देउवालाई आफैले समानुपातिकबाट बनाएका संसदको मतबाट चुनिने सजिलो उपायबाट संसदीय दलको नेता बने भन्दैमा नहौसिन र नउत्तालिन चेतावनी दिएका छन् । 

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन,‘ आफैंले छानेका मतदाताबाट चुनिने सजिलो चुनावको नतिजाले कसैलाई धेरै हौस्याएको होला, तर हामी न थाकेका छौं न त हारेका नै। पार्टी पुनर्जागरणको हाम्रो अभियानको औचित्य झन् पुष्टी भएको छ। यो अभियान अझ सशक्त ढंगले अगाडि बढ्ने छ।’उनले पार्टी पुनर्जागरणको अभियानलाई तिब्र रुपमा अगाडी बढाउने बताएका छन् ।

तपाइको Comments तल लेख्नुस