इटहरीमा साक्षत्कार लक्ष्मीको जन्म जसमा दुई वटा जीउ र आठ वटा खुट्टा

इटहरीमा दुई वटा जीउ र आठ वटा खुट्टा भएको अचम्मको बाछी जन्मिएको छ । आइतबार दिउँसो इटहरी–१६ स्थित हरिप्रसाद पाण्डेको घरमा पालेको गाईले एकै मुख तर, दुई वटा जीउ र आठ वटा खुट्टा भएको बाछी जन्माएको हो ।

हरिप्रसादका छोरा धिरज पाण्डेका अनुसार लामो समय सम्म गाई लाई विराम लागे पछि पशु चिकित्सकहरुले ८ घण्टाको प्रयासमा बाछी निकालेका थियो । तर बाछी भने बाच्न सकेन । सो बाछी मृत पश्चात् केन्द्रीय प्रविधी क्याम्पस हात्तिसारको म्युजियममा लगिएको पनि धिरजले बताए ।

गाई अहिले सामान्य अवस्थामा आइ सकेको छ । आठ वटा खुट्टा भएको बाछी जन्मिए पछि हेर्नेहरुको बाक्लो भीड लागेको थियो । news24nepal.tv

तपाइको Comments तल लेख्नुस