राष्ट्रपतिबाट किकआउट भएपछि झलनाथ खनालले भने “अब विद्या र ओलीलाई देखाइदिन्छु”

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले एकीकृत पार्टीको नेतृत्व दाबी गरेका छन् । उनले त्यसको लागि अहिलेबाटै तयारीमा लागेको बताए । अाफू निटक नेताहरुसँगको छलफलमा नेता खनालले पार्टीभित्र अन्तरघात बढेको बताउँदै त्यसलाई चिर्न पनि अाफूले सक्रिय राजनीति गर्ने बताए । राष्ट्रपतिको उम्मेदवार बन्‍न पार्टीभित्रका अन्तरघातीले रोकेको झनालको दाबी छ ।

छलफलमा सहभागी एक नेताका अनुसार नेता खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अाफू खुशी पार्टी चलाएको बताउँदै अब अाफूले पनि सक्रिय राजनीति गरेर देखाइदिने बताएका छन् ।

विहीबार विहान एक संचारमाध्यमसँगको कुराकानीमा पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीले राष्ट्रपतिको उम्मेदवारमा विद्यादेवी सर्वसम्मत नभएको बताएका छन् । उपाध्यक्ष ज्ञवालीले राष्ट्रपति भण्डारीले शीतल निवासबाट एमालेभित्र गुटको राजनीति गरेको बताएका छन् ।

उपाध्यक्ष ज्ञवालीले उम्मेदवार चयनका विषयमा स्थायी समिति विभाजित भएको बताउँदै सकारात्मक सन्देश दिन अन्तिममा सर्वसम्मत निर्णय गरिएको बताए । अनलाईन डवलीबाट

तपाइको Comments तल लेख्नुस