सुवास नेम्वाङले केपि ओलिसँग आफ्नो भुमिका खोज्दा ओलिबाट पाए यस्तो गम्भीर उत्तर

स्थायी समिति बैठकमा दोहोरो कोणबाट तर्क आइरहेको वेला सुवास नेम्वाङले राष्ट्रपतिमा आफ्नो पनि दाबी प्रस्तुत गरेका थिए । उनको भनाइ थियो, ‘मैले संविधान बनाउन भूमिका खेलेँ ।

त्यसका लागि कैयनपटक जोखिम मोलेँ । बाहिरका कतिले ‘फादर अफ दी कन्सिच्युसन’ भन्दै जस पनि दिए तर अब मेरो भूमिका के हो ? के मेरो मृत्युपछि मात्र सुवास नेम्वाङले संविधान बनाउन भूमिका खेल्यो भन्दै सम्झिनुहुन्छ ? बैठकले निर्णय गरोस् ।

तपाईंहरूलाई छलफल गर्न अफठ्यारो हुन्छ भने म बरु बैठकबाहिर गइदिन्छु, निर्णयका लागि सजिलो होस् । तर, मैले जति योगदान गरेँ, त्यसलाई पार्टीले ‘प्रोपर्टी’ का रूपमा पुँजीकृत गर्ने कि नगर्ने ?’ तर, उनको विषयमा थप छलफल भएन ।

एमाले नेता एवं तत्कालिन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई सभामुख बनाउन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।नेम्वाङलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर सभामुख बनाउन नसकेकोमा आफू निकै दुःखी रहेको प्रम ओलीले बताए । ‘के गर्नु सभामुखमा मेरो च्वाईस तपाई हुनुहुन्थ्यो, तर गठबन्धनको कारणले बनाउन सकिएन, यसमा म निकै दुःखी छु’ नेम्वाङसँगको भेटमा प्रधानमन्त्री ओलीले भने ।

ओलीले आफूमात्रै नभएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि नेम्वाङ्लाई सभामुख बनाउन राजी भएको तर माओवादी केन्द्रभित्रको विवादका कारण बनाउन नसकिएको स्पष्ट पारेका थिए । प्रचण्डले समेत पार्टी नेताहरु समक्ष नेम्वाङलाई सभामुख बनाउने प्रस्ता लगेका थिए । तर, नेताहरु जनार्दन शर्मा, शक्ति बस्नेत र वर्षमान पुन लगायतका चर्काे विरोध गरेपछि उनी पछि हटेका हुन् । अन्त्यमा महराको नाममा सहमती जुट्यो ।

भेटमा ओलीले नेम्वाङलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने आश्वासन दिएका छन् । शुक्रबार मात्रै एमाले–माओवादी केन्द्रको तर्फबाट माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सभामुखमा उम्मेद्धवारी दर्ता गराएका छन् । उनको विरुद्धमा कसैको पनि उम्मेद्धवारी नपरेकोले उनी निर्विरोध बनेका छन् । तर, यसको औपचारिक घोषणा भने शनिबारको संसद बैठकले गर्नेछ ।

तपाइको Comments तल लेख्नुस