अन्ततः यस्तो महत्वपूर्ण मितिमा जुराए ओली र प्रचण्डले पार्टी एकता गर्ने दिन, के विशेष रहेछ यो दिन?

पार्टी एकीकरणको अन्तिम गृहकार्यमा रहेको दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच आगामी २२ वैशाखमा एकता हुने भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले कार्लमाक्र्सको जयन्तीमा पार्टी एकता गर्ने सहमति गरेका हुन् ।

स्रोतका अनुसार ओली–दाहालबीचको सहमतिमा दुवै पार्टीबाट ठूलै अवरोध नआएमा माक्र्स जयन्तीको अवसर पारेर आगामी २२ वैशाखमा पार्टी एकता हुनेछ । ओली र दाहालले गत ९ वैशाखमा आयोजित सभामा घोषणा नगरेको मितिमा पार्टी एकता हुने बताएका थिए । पार्टी एकीकरणको विषयमा दुवै अध्यक्षबीच सवै विषयमा सहमति जुटिसकेको अवस्था छ।

कार्लमाक्र्स जयन्तीको दिन पारेर एकता गर्ने निर्णयमा पुग्नुभएको छ,’ खुमलटार स्रोतले भन्यो केही समय छलफल आवश्यक भएको भन्दै दुई साता पर मिति सारेका ओली र दाहालले २२ वैशाखमा एकता गर्ने योजना पार्टीका नेताहरूलाई गराइसकेका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा लेनिन जयन्तीको दिन ९ वैशाखमा पार्टी एकता गर्ने पूर्वयोजना पूरा हुन नसकेपछि कार्लमाक्र्सका जन्मजयन्तीका अवसर पारेर २२ वैशाखमा पार्टी एकता गर्ने गरी गृहकार्य अघि बढाएको स्रोतको भनाइ छ ।

‘पार्टी एकीकरणको विषयमा दुवै अध्यक्षबीच सवै विषयमा सहमति जुटिसकेको अवस्था छ, कार्लमाक्र्स जयन्तीको दिन पारेर एकता गर्ने निर्णयमा पुग्नुभएको छ,’ खुमलटार स्रोतले भन्यो । स्रोतका अनुसार मिति घोषणा नगरी कार्यक्रम गर्ने सहमतिसमेत भएको छ । दुवै पार्टीका केही नेताहरूसँगसमेत परामर्श गरी अन्तिम निर्णय लिनुपर्ने भएकोले घोषणा मिति सार्वजनिक नगरिएको स्रोतले बतायो ।

‘लेनिन दिवसमा संभव भएन, अब कार्ल माक्र्स दिवसकै दिन पार्टी एकीकरण गर्ने कुरा अध्यक्षले सुनाउनुभएको छ, संभवतः सोही दिन एकता हुन्छ होला,’ दाहाल निकट माओवादीका एक नेताले भने । ती नेताका अनुसार पार्टी एकताका लागि सबै विषय फाइनल भएको जानकारी दाहालले गराएका छन् । ‘तपाईंहरू र मैले सोचेभन्दा पनि ओलीजी लचक हुनुभयो, कसरी मिलाउने भन्ने समस्या नै रहेन, उहाँले नै हामीले चाहेको भन्दा बढी लचकता देखाउनुभयो,’ आफू निकटसँग दाहालको भनाइ उधृत गर्दै ती नेताले भने । ओली र दाहालबीच सांगठानिक संरचना मिलाउन केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीको संख्या बढाउने सहमति यसअघि नै भइसकेको छ ।

दुई अध्यक्षबीच कार्यदलले दिएको २ सय ९९ सय सदस्यीय केन्द्रीय कमिटीको संख्या बढाएर ३ सय ५० सदस्यीय वा सो भन्दा बढी बनाउने सहमति भएको स्रोतको भनाइ छ । माओवादीमा रहेका दोस्रो तहको सवै नेताहरूलाई स्थायी कमिटीमा पार्नका लागि यस्तो बाटो अपनाइएको हो । कार्यदलको सुझावअनुसार स्थायी कमिटीमा नपर्ने भएपछि दोस्रो तहका नेताहरूले दाहालमाथि आत्मसमर्पण गर्न नहुने भन्दै चर्काे दबाब दिएका थिए ।

यद्यपि, स्थायी कमिटीमा राख्दा योगदान, इतिहास र कामको निरन्तरतालाई ध्यान दिइने सहमति भइसकेको छ । संख्यामा परे पनि इतिहास र कामको मूल्यांकन्मा पछि परे स्थायी कमिटीमा नरहेने मापदण्ड दुई अध्यक्षले बनाएका छन् । ओली र दाहालबीच एकता अनुपातमा समेत सहमति भइसकेको स्रोतको भनाइ छ । एकता संयोजन समितिले दुवै कार्यदलको प्रतिवेदन र एकता महाधिवेशन कार्यविधिसहित सबै विषयमा समाधान खोज्ने जिम्मेवारी ओली र दाहाललाई दिएको थियो ।

एकतापछि आफूहरू नपर्ने महसुस गरेको युवा नेताहरूले चर्का दबाब दिएपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले एकतामा बराबर संख्या हुनुपर्ने बताएका थिए । तर, ओलीले बराबर मात्रै होइन, योगदानको आधारमा बढी पनि हुनसक्ने बताएपछि संख्यामा सहमति जुटेको हो ।

‘तपाईंहरू र मैले सोचेभन्दा पनि ओलीजी लचक हुनुभयो, कसरी मिलाउने भन्ने समस्या नै रहेन, उहाँले नै हामीले चाहेको भन्दा बढी लचकता देखाउनुभयो,’ आफू निकटसँग दाहालको भनाइ उधृत गर्दै ती नेताले भने । ओली र दाहालबीच सांगठानिक संरचना मिलाउन केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीको संख्या बढाउने सहमति यसअघि नै भइसकेको छ।

दुई नेताबीच सुरुमा ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति भएको थियो । तर, दबाबपछि २ सय ९९ सय सदस्यीय केन्द्रीय कमिटी, ९९ सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी कमिटी बनाउने टुंगो लागे पनि आकांक्षी व्यवस्थापन गर्न ३ सय ५० को संख्या रोजिएको स्रोतले बतायो । स्रोतका अनुसार ओली र दाहालबीच स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी, प्रदेश र जिल्ला कमिटीसम्मको अनुपातबारे सहमति भइसकेको छ ।

दुवै नेताले कोही असन्तुष्ट नहोस् भनेर आन्तरिक रूपमा सहमतिबारे मनाउने प्रयास गर्नुभएको छ, केही दिनभित्र सबै काम हुन्छ,’ बालुवाटार स्रोतले भन्यो । सौर्य दैनिक

तपाइको Comments तल लेख्नुस