यौन सम्पर्क गर्न नमानेपछि नायिकाको बलात्कार गरी हत्या गर्ने पापीलाई २५ वर्ष जेल सजाय

बलात्कारपछि हत्या भएकी मगर फिल्मकी नायिका नेहा पुन (योरुना) हत्याका आरोपी सतिश भनिने किर्तन खड्गीलाई कास्की जिल्ला अदालतले दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । कीर्तनविरुद्ध २०७२ फागुन १५ गते हत्या आरोपमा मुद्दा दायर भएका उनी पुर्पक्षका लागि थुनामा थिए।जिल्ला न्यायाधीश रमानाथ पौड्यालको इजलासले आइतबार किर्तनविरुद्ध कर्तब्य ज्यानमा सर्वस्वसहित जन्मकैद र जबर्जस्ती करणी उद्योगमा ५ वर्ष कैदको फैसला गरेको छ ।

भई पोखराको न्यूरोडस्थित स्माइल क्याफेमा कार्यरत १९ वर्षिय नेहा पुन ९योरुना०को शब २०७२ माघ १९ गते विहान उनकै घरनजिकै भेटिएको थियो । घटनाको प्रारम्भिक अनुसन्धानमा माघ १८ गते राति किर्तनले नेहालाई घर पुर्‍याइदिने भन्दै मोटरसाइकलमा राखेर लगेका थिए । घर नपुग्दै लेकसाइड जाउँ भन्दै यौन प्रस्ताव राखेको र नेहाले अस्वीकार गरेपछि हेलमेटले टाउकोमा हिर्काएको किर्तनले अनुसन्धानका क्रममा स्विकारेका थिए।

हेलमेटले लागेर नेहा ढलेकी थिइन्। त्यसपछि पनि यौन सम्पर्क गर्न खोज्दा रगत देखेपछि घटनास्थलबाट भागेको किर्तनले बयानमा उल्लेख गरेका थिए। जिल्ला अदालतले गरेको फैसला अनुसार किर्तनले अब २५ वर्ष जेल सजाय भोग्नु पर्नेछ । तस्बिर सांकेतिक हो ।

तपाइको Comments तल लेख्नुस