हनिमुन मनाउन बेस्त रहेकी नविना लामाको के कारण टुंगियो अखिलको यात्रा – खास कारण यस्तो पो रहेछ पढ्नुहोस

६ दिन अघि प्रतिनिधि सभा सदस्य तथा अनेरास्ववियुकी अध्यक्ष नवीना लामाको विहे भयो । आर्मी अफिसर्स क्लवबाट अन्मिएर नयाँ घर बसाउन प्रविण श्रेष्ठसँग लगनगाँठोमा बाँधिएकी थिइन् ।

नवीना अहिले ‘हनिमुन’मा छिन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका उच्च पदस्तले उनको विहे भोज खाए । शुभकामना पनि दिए । अखिलको अध्यक्ष समेत रहेका कारण उक्त कार्यक्रमको आयोजना संगठनले नै गरेको थियो ।

जसरी विहेको ठूलो कार्यक्रम गरी घरबाट विदा गरी पठाउने सामाजिक चलन छ, त्यसरी नै विहेको बधाई सभा राखेको अखिलबाट पनि लामाले जेठमा विदा लिने तयारी गरेकी छन् ।

दोहोरो जिम्मेबारीमा नपाउने अखिलको नियमअनुसार नै उनले विदा लिन लागेकी हुन् । समानुपातिकमा प्रतिनिधि सभा सदस्य मनोनित भएकी लामाले आफ्नो प्रेम सम्बन्धलाई पनि विहे गरी मूर्त रूप दिइन् । अब अखिलको जिम्मेबारीबाट मुक्त हुनका लागि ४ र ५ जेठका लागि उनले बैठक डाकेकी छन् ।

नवीना अध्यक्ष निर्वाचित भए पछि केन्द्रीय कमिटिको यो चौथो बैठक बोलाइएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए । प्रत्येक चार महिनामा हुने अखिलको बैठक यस पटक ८ महिनापछि बस्न लागेको हो ।

र, यो विशेष बैठक हुने जनाइएको छ । ‘उहाँको जिम्मेबारी हस्तान्तरणका लागि पनि बैठक खास हुनेछ । कमिटि पुनर्गठन गरेर अघि बढ्ने तयारी पनि भएको छ’, महरले भने,‘सांसद भए पछि उहाँ व्यस्त पनि हुनुभयो ।’

कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष महेश बर्तौलालाई दिएकी थिइन्, उनले । कमलादीको प्रज्ञा प्रतिष्ठानमा हुने बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

फागुन २०७२ को २२ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पदावधि सकिएका कारणले पनि नवीना विदा लिँदैछिन् । एक सय ५४ सदस्यीय केन्द्रीय कमिटीले नयाँ नेतृत्व चयन गर्नेछ ।

तपाइको Comments तल लेख्नुस