कतारमा काम गर्ने विदेशी कामदारहरुका लागि खुशीको खबर,सेयर गरेर जानकारी गराउ

कतारले विदेशी कामदारहरुको सेवा सुविधा बढाउने भएको छ ।

कतार सन् २०१८ को अन्त्य सम्ममा आप्रवासी(विदेशी) कामदारहरुको न्यूनतम तलब भत्ता पुनरावलोकन गर्न सहमत भएको अन्तर्राष्ट्रिय व्यापार संघका सचिव ‘सरन बरोले बताइन् ।

सचिव बरोले कतारका श्रम मन्त्री‘इशा अल जुफाली अल नुआमीसँग दुई दिन अघिको भेटपछि उक्त भनाइ सार्वजनिक गरेकी थिइन् ।

हाल कतारमा विदेशी कामदारहरुको न्यूनतम तलब ७५० कतारी रियल छ । जीवनयापन खर्चको लागि यो तलब स्केल अत्यन्तै न्यून हो । प्रायः जसो रोजगारदाता कम्पनीहरुले खाने र बस्ने सुविधा उपलब्ध गराए पनि स्वास्थ्य र अन्य खर्चको लागि यो रकम अपूग भएको कुरा कतिपय अध्ययन र खोजहरुले बताउँछन् ।

कतारका श्रममन्त्रीले अघिल्लो वर्ष नै कामदारहरुको सेवा सुविधा पुनरावलोकन गर्ने प्रक्रियामा कतारको सरकार गैसकेको बताएका थिए । उक्त प्रक्रियाको त्यसको पहिलो चरणमा सबै श्रम सम्झौताहरु सरकारले प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको मन्त्री नुआमीले बताए ।

आप्रवासी कामदारहरु कतारको एउटा महत्वपूर्ण भाग रहेको बताउंँदै उनल श्रम सम्बन्धि धेरै सुधारहरु गर्दै जाने विषयमा कतार सरकार प्रतिबद्ध रहेको बताए ।

यससँगै कतार सरकारले दोहामा अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यालय खोल्ने विषयलाई पनि प्राथमिकताको रुपमा हेरेको छ । ‘अन्तर्राष्ट्रिय श्रम संगठन अतिथि कामदारहरुको हकहित र सुरक्षालाई ध्यानमा राख्ने कतारको महत्वपूर्ण पार्टनर हुनेछ, मन्त्री नुआमीले भने ।

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलको तयारीको काम तीव्र रुपमा अगाडि बढिरहेको छ ।

कतारमा कामदारको सुरक्षा र सेवा सुविधाको विषय बेलाबेलामा अन्तर्राष्ट्रिय स्तरमा उठिरहेको हुन्छ । यी मुद्दाहरुमा कतार गम्भीर छ भन्ने देखाउनको लागि पनि समय समयमा सुधारका कार्यक्रमहरु घोषणा हुने गरेको टिप्पणी फ्रान्सेली समाचार संस्था एएफपीले गरेको छ ।

तपाइको Comments तल लेख्नुस