नेपाल भ्रमण आउन लागेका नरेन्द्र मोदिलाई विप्लवले कालो झण्डा देखाउने डर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणका लागि आउने भएपछि भारतीय खुफिया एजेन्सी ‘रअ’का साथै स्पेशल कमाण्डो फोर्सका उच्च अधिकारीहरू काठमाडौं र जनकपुरमा फैलिएका छन् ।स्रोतका अनुसार ‘रअ’का उच्च अधिकारीहरूले जनकपुर र काठमाडौंमा बसेर सूचना संकलन गरिरहेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

नेपालका लागि भारतीय राजदूतावास लैनचौरबाट कार्यसम्पादन गर्न समस्या पर्ने भएपछि याक एण्ड यति होटेलबाट ‘रअ’ले आफ्ना गतिविधि चलाई रहेको स्रोतको भनाइ छ । ‘रअ’का साथै भारतीय स्पेसल कमाण्डो फोर्सका सुरक्षाकर्मीहरू जनकपुरको बाह्रविघा, जानकी मन्दिर आसपास, भानुचोक र काठमाडौंका सुन्धारा, गौशला, तीनकुने, ताहाचल, सिनामंगल, नेपाल–भारत सिमाना लगायतका स्थानमा उच्च सतर्कताका साथ निगरानी गरिरहेको स्रोतले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि नेपाल सरकार अत्यन्तै संवेदनशील रहेको गृहमन्त्री रामबहादुर थापाले जनाई सकेका छन् । जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मोदीको सुरक्षामा कुनै पनि कमजोरी नहुने उनले बताएका छन् ।

तर, गृहमन्त्री थापालाई अरुको भन्दा पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को डर छ । नेकपाले कालो झण्डा देखाउने हो कि भनेर गृहमन्त्री थापाले चिन्ता लिने गरेको स्रोतको भनाइ छ । मोदी आफ्नो सुरक्षाका लागि भारतबाटै गाडी लिएर आउने छन् । उनले आफू आउनुभन्दा अगाडि भारतबाट गाडी नेपाल पठाउने छन् । मोदी चढ्ने गाडीलाई विमानबाट नेपाल ल्याइनेछ ।

तपाइको Comments तल लेख्नुस