यिनै हुन भारतको झण्डालाई नेपालको राष्ट्रिय झन्डा भन्दै पढाउने शिक्षक, के भन्छन् यी शिक्षक?(भिडियोसहित)

नेपालको राष्ट्रियता माथि गम्भिर आघात पुर्याउंदै भारतीय राष्ट्रियताको पाठ पढाउने झापाको एक विद्यालयलाई कारवाहीको लागि दवाव दिन विद्यार्थी संगठनले विद्यालयमा तालाबन्दी गरिदिएका छन् । भारतीय प्रकाशनको पाठ्यपुस्तक पढाउने र भारतको झण्डा, राजधानीलाई हाम्रो हो भन्दै राष्ट्रियता माथि धावा बोल्ने झापाको एक विद्यालयमा ताला लागेको छ । झापा दमक नगरपालिका–६ स्थित सूर्योदय बोर्डिङ स्कुलमा युवा संघ नेपालले तालाबन्दी गरेको हो ।

विद्यालयले विद्यार्थीलाई हाम्रो देश भारत हो । नयाँ दिल्ली देशको राजधानी हो । भारतीय झण्डा हाम्रो मुलुकको राष्ट्रिय झण्डा हो भन्दै पढाउने गरेको थियो । त्यती मात्र होइन भारतका नेता र मन्त्रीहरुलाई हाम्रो देशको भन्दै विद्यार्थीलाई गलत शिक्षा दिइरहेको थियो । भारतको पूर्व राष्ट्रपति प्रणब मुखर्जीलाई हाम्रो देशको राष्ट्रपति तथा नरेन्द्रमा मोदीलाई हाम्रो देशको प्रधानमन्त्री भन्दै विद्यार्थीलाई गलत शिक्षा दिएको पाइए पछि विद्यालयमा ताला लगाइएको हो ।

युवा संघका जिल्ला अध्यक्ष शम्भु भण्डारीले विद्यालयको प्रिन्सिपल र प्रशासन कक्षमा ताला लगाएको जनाएका छन् । युवा संघले विद्यालयकी प्रिन्सिपल म्याकडिलिङ सिंहलाई नेपालको झण्डा चिनाउँदै उक्त झण्डा हस्तान्तरण गरेको थियो ।

नेपाल अधिराज्यभर उत्त स्कुल र शिक्षकको कडा बिरोध भएको छ साथै विद्यार्थी संगठनको उत्त तालाबन्दीलाई सबैले प्रसंशा गर्दै रास्ट्रीयता बिरोधि शिक्षकलाई कडा भन्दा कडा कारबाहीको माग भएको छ । लाईट नेपाल बाट

तपाइको Comments तल लेख्नुस