फेरि आकाशियो पेट्रोलियम पदार्थको मूल्य, हेर्नुस कुनको मूल्य के-कति भयो

फेरि नेपाली जनताको टाउकोमा पेट्रोल, डिजेल तथा मट्टितेलको भाउ बढेको छ। महिनै पिच्छे पेट्रोलियम पदार्थको भाउ बढ्न थालेपछी प्रयोगकर्ता अहिलेको सरकार परि उदासीन बनेका छन।

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक समितिको बैठकले यी तीनैमा २-२ रूपयाँको दरले वृद्धि गरेको हो।

मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।

हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन्।

बुधबार राति १२ बजेदेखि यो मूल्य लागू हुनेछ ।

विगत केहि समयदेखी अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले निगमले पनि इन्डियन ओएल कर्पोरेसनले पढाएको मूल्यसूचिका आधारमा नयाँ विक्री मूल्य कायम गरेको हो। निगमले पछील्लो समय स्वचालित मूल्य प्रणाली अन्तरगत तेलको भाउ घटाउने तथा बढाउने गर्दै आइरहेको छ।

नयाँ मूल्यसूचि अनुसार आयल निगमलाई पेट्रोलमा प्रतिलिटर ०.७२ रूपैयाँ नाफा रहेको छ भने डिजेलतर्फ भने २.२९ रूपयाँ घाटा रहेको छ।

हेर्दाहेर्दै यसरी दुर्घटनामा पर्यो हवाईजहाज….पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला 

 

तपाइको Comments तल लेख्नुस