केपी ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई भेट्दैछन्, यस्ता महत्वपूर्ण विषयमा हुनेछ कुराकानी

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ को गणतन्त्र दिवसमा पुर्व राजा ज्ञानेन्द्र शाहलाई पनि समावेश गराउन पहल गर्ने बताएका छन् । उनले गणतन्त्र दिवसको मूल समारोह समितिमा बस्न पुर्व राजालाई आग्रह गर्ने बताएका छन् ।

गृह मन्त्रालयमा शुक्रबार भएको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो कसरा बताएका हुन् । उनले त्यस्तो प्रस्ताव लिएर पुर्वराजा ज्ञानेन्द्रकहाँ आफै जाने उनले बताए । उनले अब राजतन्त्र नफर्कने भएकाले पुर्व राजा पनि राजतन्त्र फर्कन्छ भन्ने भ्रमवाट मुक्त हुनुपर्ने उनको भनाई छ । ओलीले भने, ‘अब राजतन्त्र फर्कंदैन। त्यसैले, राजतन्त्र फर्कन्छ भन्ने भ्रम छाडेर पूर्वराजा पनि गणतन्त्र मनाउन हामीसँगै आउनु पर्छ।’ उनले सनातन धर्म र राजतन्त्र एउटै भन्न नमिल्ने बताए ।

उनले राजतन्त्रलाई हिन्दु धर्मसंग जोडिने गरिएको प्रति आपत्ती जनाएका छन् । ‘शाह राजबंशको ईतिहास २ सय ४० बर्ष मात्र भएको बताउंदै उनले परापुर्व कालदेखि चल्दै आएको सनातन हिन्दुधर्मसंग जोड्न नमिल्ने बताए । ओलीले भने, ‘त्यसैले, सनातन हिन्दू धर्मलाई राजतन्त्रसँग जोड्नु हुँदैन।’

तपाइको Comments तल लेख्नुस