यस कारण झण्डै सकियो सन्दीप लामिछानेको क्रिकेट करियर ( भिडियो सहित)

क्रिकेट टिमका पुर्व कम्तान तथा अन्डर १९ को प्रशिक्षक विनोद दासले सन्दीप लामिछानेले आइपिएलमा देखाएको प्रदर्शनका कारण नेपाली क्रिकेट खेलाडीका लागि भविष्यको ढोका खुलेको प्रतिकृया दिएका छन् । उनले एउटा संचार माध्यममा अन्तरवार्ता दिंदै उनले सन्दीपले आशा भन्दा पनि माथि उठेर प्रदर्शन गरेको बताएका छन् । ‘अन्तराष्ट्रिय स्तरमा नेपाली क्रिकेटको प्रचार प्रसार भएको छ । यसका लागि सन्दीप बधाईको पात्र हुन्, उनले भने सन्दीपले नेपालमा गरेको संघर्ष, माइकल क्लार्कले अष्ट्रेलिया लिएर जांदा र भारतको आइपिएलमा जांदा सम्मको म पनि साझेदार हुँ । सबै खेलमा सन्दीपको प्रदर्शन निकै राम्रो छ ।’

प्रशिक्षक दासले भारतमा गएर सबैको शिर ठाडो पारेको बताएका छन् । उनले सन्दीपले आशा गरेको भन्दा राम्रो प्रदर्शन गरेको भन्दै त्यो लेभलमा पुगेर त्यही अनुसारको प्रदर्शन गर्न सक्नु आफैमा ठूलो कुरा भएको बताए ।

सन्दीपलाई सुरुमै खेलाएको भए के हुन्थ्यो भन्ने प्रश्नमा दासले भने सन्दीपलाई दिल्लीले जुन समयमा खेलायो त्यो उचित समय भएको बताए । सुरुमै खेलाएको भए सन्दीपलाई बढी दवाव महशुष भएका कारण अहिलेको जस्तो परिणाम आउन नसक्ने उनको अनुमान छ ।

सन्दीपले जुन टिममा गएका थिए त्यो टिमले सुरुमै खेल्न दिन्न भन्ने आशंका उनले पहिले नै गरेको बताएका छन् । दिल्लीसंग अरु पनि धेरै अनुभवी स्पीनरहरु भएका कारण सन्दीपले सुरुमै अवसर पाउने सम्भावना नभएको उनको भनाई छ । तर अन्तिम अवस्थामा भए पनि रिकि पोन्टिङले आगामी खेलका लागि सन्दीपलाई प्रयोग गर्न सकिने नसकिने हेर्नका लागि अहिले प्रशिक्षण गरे । सन्दीपलाई खेल्ने मौका दिए त्यो परिक्षणमा सन्दीप पास भए । सन्दीपको यो प्रदर्शनले सबै नेपाली खेलाडीहरुको भविष्यको ढोका खुलेको छ’ उनले भने ।

तपाइको Comments तल लेख्नुस